Logo

कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सेवासम्बन्धी सम्झौता

कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सेवासम्बन्धी सम्झौता



काठमाडौँ । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग आइतबार सम्झौता गरेको छ ।

laxmi

यस सम्झौतामा बैंकका तर्फबाट का।मु। कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक शास्वत जंग सिजापतीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्गबाट टाटा ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामनाबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL