Logo

नेपाल बैंक र नागरिक लगानी कोषबीच अनलाईन कारोवार सम्झौता, कोषका लगानीकर्तालाई सहज

नेपाल बैंक र नागरिक लगानी कोषबीच अनलाईन कारोवार सम्झौता, कोषका लगानीकर्तालाई सहज



काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच अनलाईन कारोवार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्न सम्वन्धमा सम्झौता भएको छ ।

laxmi

सो सम्झौता बमोजिम राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ईसर्भिस सफ्ट्वेयरबाट समेत खातामा जम्मा हुने व्यवस्थाको शुरुवात गरिएको जनाइएको छ । बुधबार एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

सो कार्यक्रममा बोल्दै बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैक र नागरिक लगानी कोष बीचको व्यवसायिक सम्वन्ध नागरिक लगानी कोषको स्थापनादेखि भएको बताउदै बैंकिङ सम्बन्धि कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले संचालन गरेका कार्यक्रमहरुलाई नेपालकै पहिलो बैंकले सधै साथ सहयोग गर्दै आएको र हालको यो नयाँ अनलाईन कारोवारमा पनि सोहि बमोजिम बैंकिङ सेवा दिनेमा विश्वस्त रहेका बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL