Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र आजदेखि विक्रीमा : ५ वर्षे अवधि, १०.३० प्रतिशत ब्याजदर

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र आजदेखि विक्रीमा : ५ वर्षे अवधि, १०.३० प्रतिशत ब्याजदर



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आजदेखि पाँच वर्षे अवधिको ऋणपत्र निष्कासन गरेकोे छ । बैंकले १० दशमलव ३० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गरेकोे हो । प्रति ऋणपत्र रू.१ हजार अंकित मूल्यको २४ लाख कित्ताले हुन आउने रू. २ अर्ब ४० करोड बराबरको ऋणपत्र बैंकले विक्री गर्ने बताएको छ ।

laxmi

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने र ४० प्रतिशत ऋणपत्र सर्वसाधारणमा विक्री गरिनेछ बैंकको भनाई छ । सर्वसाधारणमा विक्री गरिने ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४८ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिएको बैंकको भनाई छ । यी वाहेक बाँकी ऋणपत्र बैंकले सार्वजनिक निष्कासनमा ल्याएको हो ।

यो ऋणपत्र छिटोमा फागुन १ गतेसम्म विक्रीमा रहनेछ भने छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फागुन ११ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL