Logo

सिटिजन्स बैंक र जर्मन होम्सबीच सम्झौता, बैंकका ग्राहकलाई १० सेवामा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र जर्मन होम्सबीच सम्झौता, बैंकका ग्राहकलाई १० सेवामा १० प्रतिशतसम्म छुट



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गठ्ठाघर, भक्तपुर स्थित जर्मन होम्स हस्पिटालिटीबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई हस्पिटालिटीमा विशेष छुट दिने गरी सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL