Logo

‘सिस्टेमिक रिस्क’को जोखिममा नेपाली बैंकिङ प्रणाली, बैंकर भन्छन्-संयमित भएर काम गर्नुपर्ने अवस्था छ

‘सिस्टेमिक रिस्क’को जोखिममा नेपाली बैंकिङ प्रणाली, बैंकर भन्छन्-संयमित भएर काम गर्नुपर्ने अवस्था छ



काठमाडौं । नेपालको बैंकिङ प्रणाली ‘सिस्टेमिक रिस्क’ (प्रणालीगत जोखिम) मा जाने जोखिम बढेको छ । पछिल्लो समय बैंकहरुमा लिक्विड क्राईसिस (मनि साइकल) र निस्क्रिय कर्जासँगै गैरबैंकिङ सम्पति उच्चरुपमा बढेसँगै सिस्टेमिक रिक्सको जोखिम बढेको हो ।

साथै पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकटमा कारण देखा परेको क्रेडिट, मार्केट अपरेशनल रिस्कका कारण समग्र बैंकिङ प्रणालीमा सिस्टेमिक रिस्कको जोखिम बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘अहिले निस्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढेसँगै बैंकहरु लिक्विड क्राइसिसमा गएका छन्,’ एक बैंकरले भने, ‘जसका कारण सिस्टेमिक रिस्कमा जाने सम्भावना उच्च छ ।’

अहिलेकै समस्या लम्बिएमा बैंकहरुमा सिस्टेमिक रिस्कको समस्या आउने नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । ‘अहिले बैंकिङ क्षेत्रमा बढ्दै गएको जोखिमलाई कतिसम्म रोक्न सक्छौं भन्ने हो,’ उनले भने, ‘यदि यो समस्याको समयमै समाधान गर्न सकिएन भने सिस्टेमिक रिस्क निम्त्याउने छ ।

पछिल्लो समय बैंकर र व्यवसायीबीच उच्च ब्याजका कारण देखिएको समस्याका कारण कतिपय उद्योगी व्यवसायीले कर्जाको किस्ता र ब्याज तिर्ने क्षमता हुँदा हुँदै पनि नतिर्ने समस्या बढेको छ । तर बैंकिङ प्रणालीमा यस्तो हुनु दुखद भएको समेत केसीले जानकारी दिए ।

पुस महिनामा बैंकको कुल निक्रिय कर्जा औसतमा २.२९ प्रतिशत रहेको छ भने कतिपय बैंकको ५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ । बैंकहरुले वित्तीय विवरण प्रकाशित गर्दा उक्त अंक देखिएपनि वास्तकितामा निस्क्रिय कर्जा कुल कर्जा प्रबाहको ५ प्रतिशतभन्दा माथि नै रहेको एक बैंकरले जानकारी दिए ।

‘अहिले बैंकहरुले कागजी रुपमा मिलाएर निस्क्रिय कर्जाको अनुपात कम देखाएका छन्,’ ती बैंकरले भने, ‘अहिले बैंकहरुले खराब कर्जा कम देखाएका नियामकीय प्रोभिजनबाट बच्न नै लागि जबर्जस्त गैरबैंकिङ सम्पति बढाइरहेका छन् ।’ जुन दीर्घकालिन रुपमा बैंकका लागि नराम्रो भएको समेत ती बैंकरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL