Logo

नबिल बैंकको नाफामा छलाङ, कमायो ३ अर्ब ४१ करोड खुद नाफा

नबिल बैंकको नाफामा छलाङ, कमायो ३ अर्ब ४१ करोड खुद नाफा



काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ५६.९१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५६.०६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण सञ्चालन मुनाफा र खुद नाफा वृद्धिमा केही दबाब पुगेको हो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६७ पैसा बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.१९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पुँजी १८.५० भने जगेडा कोष ११.०४ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको निक्षेप ६.५१ प्रतिशत बढेको छ भने कर्जा १७.१३ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL