Logo

मुद्रा संचिति १९ करोड डलरले बढ्यो, शोधनान्तर स्थिति पौने ४६ अर्बले बचतमा

मुद्रा संचिति १९ करोड डलरले बढ्यो, शोधनान्तर स्थिति पौने ४६ अर्बले बचतमा



काठमाडौं । चालु आर्थिक बर्षको कार्तिकको तुलनामा मंसिरमा विदेशी विनिमय संचिति १९ करोड डलरले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तस

९ अर्ब ६३ करोड डलर रहेको विदेशी विनिमय संचिति मंसिर मसान्तमा बढेर ९ अर्ब ८२ करोड डलर पुगेको हो ।
मंसिर मसान्तसम्म विदेशी विनिमय संचिति असारको तुलनामा भने ६.३ प्रतिशतले बढेर १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको हो ।

चालु आवको मंसिरसम्म नेपालको शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL