Logo

मुक्तिनाथ विभाग बैंकले प्रस्ताव गर्याे १४.२१ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात

मुक्तिनाथ विभाग बैंकले प्रस्ताव गर्याे १४.२१ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना लगानीकर्ताका लागि १४.२१ प्रतिशतको लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक बर्ष ०७८/७९ को मुनाफाबाट उक्त लाभांस वितरण गर्ने प्रस्ताव संचालक समितिको बैठकमा पेश गरेको हो । बैंकको संचालक समितिको बैठक पुस १ गते बसेको थियो ।

laxmi

सोही बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांस गरी कुल १४ दशमलव २१ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL