Logo

स्प्रेड दरमा राष्ट्र बैंकको दोहोरो नीति, ४ प्रतिशतबाट किन पुग्यो ४.२ मा

स्प्रेड दरमा राष्ट्र बैंकको दोहोरो नीति, ४ प्रतिशतबाट किन पुग्यो ४.२ मा



काठमाडौं । नेपाल राष्ट्र बैंकले औसत ब्याजदर (स्प्रेडदर)मा दोहोरो नीति अंगालेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो समिक्षा गर्दै तत्कालै बैंक तथा वित्तीय संस्थाहरुको स्प्रेडदर ४.४ र ५ प्रतिशतबाट क्रमशः ४ र ४.६ प्रतिशतमा झार्ने बताएपनि परिपत्रमा भने स्प्रेड दर पुनः ४.२ नै कायम राख्ने बताएको हो ।

laxmi

बुधबार एक परिपत्र जारी गर्दै केन्द्रिय बैंकले आगामी चैतदेखि वाणिज्य बैंकको स्प्रेडदर ४.२ र क र ख वर्गकका बैंक तथा वित्तीय संस्थाको स्प्रेडदर ४.८ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको हो । हालसम्म कर्जाको आधार दरमा वाणिज्य बैंकहरुले ४.४ प्रतिशत र क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुले ५ प्रतिशतसम्म थप स्प्रेडदर कायम गर्न पाउने व्यवस्था छ ।

पछिल्लो समय स्प्रेडदरकै कारण कर्जाको ब्याजदर अत्याधिक बढेको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलित भएका थिए । सोही अनुसार राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो समिक्षामार्फत स्प्रेडदर घटाउने घोषणा गरेको थियो । तर, घटेको स्प्रेडदर भने आगामी चैतदेखि मात्रै लागू हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

मौद्रिक नीतिको समिक्षामार्फत तत्काल लागू गरिने भनिएको उक्त ४ र ४.६ प्रतिशतको स्प्रेडदरलाई भने राष्ट्र बैंकले लम्ब्याएर आगामी बर्षको असारमा पुर्याएको छ ।

अर्थात बैंकहरुले २०८० को असारदेखि मात्रै वाणिज्य बैंकले औसत व्याजदर ४ प्रतिशत र अन्य बैंकहरुले ४.६ प्रतिशत कायम गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL