Logo

लक्ष्मी सनराइज बैंकको नाफामा ४० प्रतिशत बढीको वृद्धि, कमायो ४ अर्ब ११ करोड नाफा

लक्ष्मी सनराइज बैंकको नाफामा ४० प्रतिशत बढीको वृद्धि, कमायो ४ अर्ब ११ करोड नाफा



काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

अघिल्लो आर्थिक वर्षमा बैंकसम्म बैंकको कर्जा लगानी २ खर्ब ४७ अर्ब ४० करोड रुपैयाँले वृद्धि भएको छ । गत आवसम्म बैंकको कर्जा लगानी ११.१७ प्रतिशतले वृद्धि भएको र इम्पेरिमेन्ट चार्जसम्म घटेका कारण बैंकको खुद नाफा बढेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशत बढेको छ।

बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३८.५५ प्रतिशत बढेको छ। बैंकको इम्पेरिमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ ।

वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.१२ गुणा रहेको छ। २४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्