Logo

कालोधन छानविनमा राष्ट्र बैंकको सक्रियता, माघ १ देखि छुट्टै महाशाखा संचालनमा ल्याउने

कालोधन छानविनमा राष्ट्र बैंकको सक्रियता, माघ १ देखि छुट्टै महाशाखा संचालनमा ल्याउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कालोधन छानविनमा सक्रियता देखाएको छ । पछिल्लो समय कार्यविधिलगायतमा विभिन्न संशोधन गरेको राष्ट्र बैंकले यससम्बन्धि छुट्टै महाशाखासमेत संचालनमा ल्याउने भएको हो ।
केन्द्रिय बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि सम्पत्ति शुद्धिकरण निवारण सुपरिवेक्षण महाशाखा संचालनमा आउने बताएको हो ।

laxmi

यसअघि राष्ट्र बैंकले रिस्क एसेसमेन्ट गाईडलाईन्ससमेत सार्वजनिक गरिसकेको छ । अर्थात पछिल्लो समय राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण र यससम्बन्धि बढि नै सजगता अपनाउन र राष्ट्र बैंकमा जानकारी दिनसमेत आग्रह गरिरहेको छ ।
कालोधन ओसारपसारकै विषयलाई लिएर यसअघि राष्ट्र बैंकले आयात निर्यात व्यापारमा समेत उच्च पदस्थको खाता निगरानीमा राख्न बैंक तथा बित्तीय संस्थालाई निर्देशनसमेत दिएको थियो।

पछिल्लो समय हुने भनिएको नेपालको कन्ट्री एसेसमेन्टमा सकारात्मक परिणामका लागि पनि राष्ट्र बैंकले यसमा केहि सक्रियता बढाएको राष्ट्र बैंकका सूचना अधिकारी नारयण पोख्रेल बताउँछन् । ‘हुन त आतंकवादी क्रियाकलाप र कालोधन ओसारपसारमा राष्ट्र बैंक पहिल्यैदेखि सचेत छ,’ उनले भने, ‘अझै पनि यसलाइ प्रश्रय दिनुहँदैन भने राष्ट्र बैंक लागिपरेकै छ ।’

उनका अनुसार नेपालको रेटिङमा नकारात्मक नतिजा सकेसम्म नआओस भन्नका निम्ति छुट्टै महाशाखा संचालनमा ल्याउने, यसमा कडाई गर्नेलगायतका कार्यहरु भईरहेको छ । कन्ट्री एसेसमेन्टमा नेपालको नतिजा नराम्रो आए विदेशी लगानी, दातृ निकायले दिने ऋण, अनुदानलगायतमा नराम्रो असर पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL