Logo

महालक्ष्मी विकास बैंक को “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना

महालक्ष्मी विकास बैंक को “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना



काठमाडौ । महालक्ष्मी विकास बैंकले “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एपप्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरुमध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् ।

laxmi

बैंकले यस योजनाहालसम्म महालक्ष्मी मोबाईल एपप्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको बैंकले बताएको छ ।

ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय रुपैयाँ वा सो भन्दामाथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL