Logo

माछापुच्छेको १२ प्रतिशत लाभांस पारित, २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै

माछापुच्छेको १२ प्रतिशत लाभांस पारित, २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ मंसिर, काठमाडौं । माछापुच्छे बैक लिमिटेडको १६औं बार्षिक साधारण सभाले १२.६३ प्रतिशत लाभांस पारित गरेको छ । बैंकको शक्रबार पोखरामा भएको साधारणसभाले १२ प्रतिशत वोनस सेयर र त्यसमा लाग्ने कर वापतको नगद लाभांस पारित गरेको हो ।

बैंक सञ्चालकहरुको वैठकले उपेन्द्र महतोलाई अध्यक्षमा चयन गरेको छ । यसैगरी साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट डा. विरेन्द्रप्रसाद महतो, प्रकाश केसी, रोशन केसी, ज्ञानप्रसाद कर्माचार्य र गोपिकृष्ण न्यौपानलाई बैंकको संचालक पदमा निर्वाचित गरेको छ ।

संचालक समितिका अध्यक्ष सूर्यबहादुर केसीको सभापतित्वमा भएको सभाले वोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर निस्काशन गर्ने निर्र्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL