Logo

एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता, एनबीआईले बैंकका कर्मचारीलाई तालिम दिने

एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता, एनबीआईले बैंकका कर्मचारीलाई तालिम दिने



काठमाडौं । एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच बैंक र इन्ष्टिच्युटबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएका हो ।

laxmi

उक्त सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकले हालसम्म करिब १२ लाख सेवा प्रदान गरिरहेको छ ।

बैंकले हाल १ सय १९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु र १ सय ५५ एटिएममार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL