Logo

सेञ्चुरी बैंकले गर्याे चितवनको जंगल भिल्ला रिसोर्ट र काठमाडौंको त्रिसारासँग सम्झौता, ग्राहकलाई विशेष छुट

सेञ्चुरी बैंकले गर्याे चितवनको जंगल भिल्ला रिसोर्ट र काठमाडौंको त्रिसारासँग सम्झौता, ग्राहकलाई विशेष छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाण्डौंबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट प्रदान गर्ने गरी शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

laxmi

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ प्रयोगकर्तालगायत सम्पूर्ण ग्राहकहरु तथा बैंकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाण्डौंमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

जंगल भिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमूख सुहानी गिरिले हस्ताक्षर गरेका छन् ।

साथै त्रिसारा, काठमाण्डौंमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ फ्याक्ट्रीमा समेत उपलब्ध हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर र त्रिसारा, काठमाण्डौंका तर्फबाट प्रबन्ध निर्देशक शोभन विर मालाकारले हस्ताक्षर गरे ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL