GBIME

माछापुच्छ्रे बैंकका ग्राहकले टिभी र इन्टरनेट प्याकेज इएमआइमा पाउने, त्रिपक्षिय सम्झौतामा हस्ताक्षर


बिजखबर संवाददाता
14 September, 2022 10:53 am

worldlink-machhpachre-bank

काठमाडौं । माछापुच्छ्रे बैंक, एनआइटिभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच त्रिपक्षिय सम्झौता भएको छ । बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई इएमआइ सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षिय सम्झौता भएको हो ।

NABIL
lAXMI_BANK

उक्त सम्झौतापत्रमा एनआइटिभी स्ट्रिम्ज र वल्र्डलिंक कम्युनिकेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधा मार्फत टिभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज इएमआइमा लिन सकिने छ । एनआइटिभी स्ट्रिम्ज र वल्र्डलिंकले संचालन गरेको फेस्टिभिटिवाइ अफरमा ग्राहकले करिब ५६ प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन् । यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL