Logo

मुक्तिनाथ विकास बैंकले ल्यायो रु २२.५० लाखसम्मको बीमा सुविधा भएको ‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना

मुक्तिनाथ विकास बैंकले ल्यायो रु २२.५० लाखसम्मको बीमा सुविधा भएको ‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ ।

laxmi

यो योजना अन्तर्गत व्यतिmगत मुद्धती खातामा न्यूनतम रु ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्हुने खातावालाहरुले आफनो लागि रु १० लाख सम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्नुहुनेछ र जति अवधिको मुद्धती खाता खोल्छन त्यतिनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्नेछन् । यो योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसामा आवद्ध अन्य जुन सुकै बैंककोबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL