Logo

डलर कार्ड भुक्तानीमा राष्ट्र बैंकको कडाई, अब यी १८ वस्तु/सेवाको भुक्तानीमा रोक

डलर कार्ड भुक्तानीमा राष्ट्र बैंकको कडाई, अब यी १८ वस्तु/सेवाको भुक्तानीमा रोक



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवाको भुक्तानी डलर कार्डमार्फत गर्न नपाईने बताएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार एकिकृत परिपत्र २०७८ मा संशोधन गर्दै टेलिभिजनको बिल, बीमा सेवाको भुक्तानी, छाप र सिक्का खरिदलगायत डलर कार्डमार्फत भुक्तानी गर्न नपाईने बताएको हो ।

laxmi

राष्ट्र बैंकले १८ ओटा मर्चेन्ट क्याटागोरी कोड तोकेर उक्त कोडअन्तर्गतका वस्तु तथा सेवा खरिदमा डलर कार्ड प्रयोग गर्न नसकिने व्यवस्था मिलाउन सबै वाणिज्य बैंकहरुलाई निर्देश गरेको हो ।

उक्त कोर्ड अन्तर्गत विदेशी बैंकमा पैसा जम्मा गर्न नपाईने, वस्तु खरिदका लागि बैंकमा पैसा पठाउन नमिल्ने, ब्रोकर भुक्तानी, बीमा पोलीसी खरिद, जग्गा खरिद, घोडा तथा कुकुर दौडका लागि पैसा, विभिन्न सट्टेबाजी, राजनीतिक संगठन, धार्मिक संगठन, अनलाईन गेमिङलगायतका लागि डलरबाट भुक्तानी गर्न नपाईने व्यवस्था गर्न निर्देश गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL