Logo

राष्ट्रियस्तरका सातवटा विकास बैंकको यस्तो छ वित्तिय विवरण, सबैभन्दा अब्बल कुन ?

राष्ट्रियस्तरका सातवटा विकास बैंकको यस्तो छ वित्तिय विवरण, सबैभन्दा अब्बल कुन ?



काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले नाफामा वृद्धि गरेका छन् । गत आर्थिक वर्ष २०७८–७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका सातवटा राष्ट्रिय विकास बैंकहरुले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् । जसमध्ये लुम्बिनी, ज्योति, शाइन रेसुङ्गा, लुम्बिनी विकास बैंक, मुक्तिनाथ, सांग्रिला डेभलपमेन्ट र गरिमा विकास बैंक रहेका छन् ।

laxmi

यो अवधिमा दुई बैंकले आफ्नो नाफा अर्ब बढी कमाएका छन् । गत आवमा गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले अर्ब बढी नाफा कमाएका हुन् । गत आवमा गरिमा विकास बैंकले १ अर्ब ४९ करोड २१ लाख ६७ हजार रुपैयाँ र मुक्तिनाथ विकास बैंकले १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ नाफा कमाएका छन् । यी दुवै बैंकको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा क्रमशः २५.६८ प्रतिशत र १८.४६ प्रतिशतले बढी हो । गत आवमा लुम्बिनी विकास बैंकले नाफामा छलाङ मारेको छ ।

गरिमा विकास बैंकको नाफा १ अर्ब माथि

गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ %ले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा गरिमाको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन नाफा २५.३५ प्रतिशतले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरणयोग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ ७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा छ । उक्त अवधिमा बैंकले ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५५.६८ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको नाफा ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ मात्र रहेको थियो ।

मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब ३७ करोड रुपैयाँ

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८र७९ मा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १८.४७ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७७–७८ मा बैंकले १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै समीक्षा अवधिमा बैंकले २१.०८ प्रतिशतले ब्याज आम्दानी वृद्धि गर्दै ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार कमाएको छ भने सञ्चालन नाफा १९.५० प्रतिशतले वृद्धि गरेको छ ।

योसँगै बैंकको वितरण योग्य नाफा ८१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको रिजर्भ कोषमा पनि ४४.३६ प्रतिशतले सुधार हुँदै १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५ प्रतिशत बढी

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आवको चौथो त्रैमाससम्म बैंकले ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५।२९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.५० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १६.२९ प्रतिशत र सञ्चालन मुनाफा ४६.६९ प्रतिशत बढेको छ। नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ७९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.०५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २८।१७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १६.६९ प्रतिशत र कर्जा २३.६० प्रतिशत बढेको छ।

कामना सेवा विकास बैंकको खुद नाफा ६३ करोड

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८।०७९को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ६३ करोड ९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ५९ करोड ८१ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको थियो । जुन नाफा ५.४८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी २७.२० प्रतिशतले बढेर १ अर्ब ९५ करोड ४१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५३ करोड ६२ लाख ७० हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्मको अवधिमा बैंक संचालन नाफा ४.७६ प्रतिशतले बढेर ९० करोड १३ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन नाफा ८६ करोड ३ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष १ अर्ब ५ करोड ९३ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ०३ पैसा रहेको छ ।

ज्योति विकास बैंकको खुद नाफा ७० करोड

ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ७० करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६६ करोड ३८ लाख ६९ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५८ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त खुद ब्याज आम्दानीमा सुधार आई १ अर्ब ९५ करोड २ लाख ६५ हजार रुपैयाँ आजन गरेको छ ।

त्यस्तै, बैंकको संचालन नाफा समेत आकाशिएको छ । बैंकको संचालन नाफा ९४ करोड ९७ लाख ६५ हजार रुपैयाँ रहेकोमा गत आर्थिकको सो समिक्षा अवधिमा आइपुग्दा संचालन नाफा बढेर १ अर्ब २० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा ३५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकको चुक्तापूँजी ४ अर्ब २६ करोड रहेको छ । वितरणयोग्य नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ८.२१ प्रतिशत लाभांश दिन सक्छ । समिक्षा अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड रुपैयाँ, निक्षेप संकलन५३ अर्ब रुपैयाँ, कर्जा लगानी ४८ अर्ब आर्जन गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १६.४४ रुपैयाँ छ भने पीई रेसियो १८.३९ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ भने १३२.७३ रुपैयाँ रहेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उप्क्त विवरण अनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा बैंकले ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३७ रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४४ प्रतिशत बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा सञ्चालन मुनाफा २८.३९ प्रतिशत बढेर ९४ करोड ५ लाख रुपयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा र चुक्तापुजीको गणनालाई आधार मानेर हेर्दा बैंकको लाभांश क्षमता १२.४३ प्रतिशत रहेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २९ पैसा बढेर १७ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १०.९३ प्रतिशत बढेको छ भने जगेडा कोष १२.६१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २२.२० प्रतिशत बढेको छ भने कर्जा १८.२६ प्रतिशत बढेको छ ।

लुम्बिनी विकास बैंकको नाफामा छलाङ

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको नाफा आकर्षक सुधार देखिएको छ । असार मसान्तसम्मको अवधिमा बैंकको नाफा ५५.६९ प्रतिशतले बढेर ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ६० लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १० लाख ४ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६० करोड ६३ लाख ८२ हजार रुपैयाँ संचालन नाफा गरेको बैंक गत आर्थिक वर्षको सोही अवधिमा संचालन नाफा ६०.०२ प्रतिशतले बढेर ९७ करोड ३ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १३ प्रतिशतले बढेर ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ, जगेडा ५।२६ प्रतिशतले बढेर २ अर्ब ५ करोड ५८ लाख ४० हजार रुपैयाँ, वितरणयोग्य नाफा १०.१६ प्रतिशतले ४७ करोड ९२ लाख २६ हजार रुपैयाँ, निक्षेप १७।८८ प्रतिशतले बढेर ४२ अर्ब ८७ करोड ३९ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको हाल प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसाले बढेर २० रुपैयाँ ५७ पैसा (वार्षिक) पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL