Logo

धितोपत्र बोर्डलाई राष्ट्र बैंकको काउण्टर : मार्जिन कर्जाको व्यवस्था गर सेयर धितो कर्जा सीमा हटाईदिन्छौं

धितोपत्र बोर्डलाई राष्ट्र बैंकको काउण्टर : मार्जिन कर्जाको व्यवस्था गर सेयर धितो कर्जा सीमा हटाईदिन्छौं



काठमाडौं । नेपाल राष्ट्र बैंकले चर्चित सेयर धितो कर्जा बारे बोल्दै १२ करोड रुपैयाँको कर्जा सीमा हटाउने अठोट गरेको छ । तर, नेपाल धितोपत्र बोर्डले मार्जिन कर्जाको व्यवस्था गर्नुपर्छ ।

laxmi

राष्ट्र बैंकले कुटनीतिक शब्दावलीका साथ परोक्षरुपमा यो विषय धितोपत्र बोर्डको कार्यक्षेत्र भएको र बोर्डले ब्रोकरहरुमार्फत मार्जिन कर्जाको उपयुक्त व्यवस्था गरिसकेपछि सेयर धितोकर्जाको सीमा हटाईदिने अठोट गरेको हो ।

यस अघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न मौद्रिक नीतिमार्फत गरिएको सेयर धितोकर्जाको एकल ग्राहक कर्जा सीमा हटाउन पहल गर्ने बताएका थिए । तर राष्ट्र बैंकले उक्त भनाईलाई काउन्टर दिँदै सेयर धितो कर्जा सीमा हटाउने जिम्मा नै धितोपत्र बोर्डलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL