Logo

राष्ट्र बैंकको कसिलो मौद्रिक नीति : सीआरआर ४ प्रतिशत पुग्दा एसएलआर पनि बढ्यो, कर्जा विस्तारमा कडाई (पूर्ण पाठ सहित)

राष्ट्र बैंकको कसिलो मौद्रिक नीति : सीआरआर ४ प्रतिशत पुग्दा एसएलआर पनि बढ्यो, कर्जा विस्तारमा कडाई (पूर्ण पाठ सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहलाई थप कडाई गर्दै चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात (सीआरआर) बढाउनुका साथै कोरोना महामारी सुरुसँगै दिइएका सुविधाहरु हटाएको छ ।

laxmi

मौद्रिक नीतिले हाल ३ प्रतिशतको अनिवार्य नगद मौज्दातलाई वृद्धि गर्दै ४ प्रतिशत पुर्याइएको छ । यसले बैंकहरुको कर्जा दिन सक्ने क्षमता घटाइदिनेछ । कोरोना समयमा दिएको सुविधालाई हटाईदिएको छ ।

यस्तै सरकारले निजी क्षेत्रतर्फ जाने कर्जाको सीमा समेत घटाएको छ । सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएपनि निजी क्षेत्रतर्फ जाने कर्जाको सीमा १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

यस्तै मौद्रिक नीतिले वैधानिक तरलता अनुपात समेत बढाएको छ । जस अनुरुप वाणिज्य बैंकको १२ प्रतिशत र विकास बैंकको १० प्रतिशत पुर्याइएको छ । सीआरआर र एसएलआर बढाउँदा बैंकको कर्जा विस्तार क्षमतामा ठूलो ह्रास आउने छ ।

[googleapps domain=”drive” dir=”file/d/1Rb6z2SxNotRXsNBJu13unCXu68xGdZ6d/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL