Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, खानेपानी उपभोक्ता संस्थालाई सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, खानेपानी उपभोक्ता संस्थालाई सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको ढुङ्गेपाटनस्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग गरेको छ । बैंकले संस्थालाई ५ हजार लिटरको एक थान पोलिथिक ट्यांकी खरिदका लागि ५५,०६९ बराबरको आर्थिक सहयोग गरेको हो ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख शंकर के।सी, बुढीबजारका शाखा प्रमुख रामचन्द्र रानाभाट र अन्य कर्मचारीहरुको उपस्थिति तथा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका तर्फबाट अध्यक्ष मुरारी शर्मा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL