Logo

गरिमा विकास बैंकको सामाजिक उत्तरदायित्व, विभिन्न संस्थालाई सहयोग सामाग्री हस्तान्तरण

गरिमा विकास बैंकको सामाजिक उत्तरदायित्व, विभिन्न संस्थालाई सहयोग सामाग्री हस्तान्तरण



काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिमा विकास बैंकले काठमाडौं र स्याङ्जामा सहयोग गरेको छ । काठमाडौंको माछापोखरी शाखाको समन्वयमा बसन्तनगरस्थित तारकेश्वर धाममा क्रियापुत्री घर कम्पाउन्डमा आवश्यक ३० थान डस्टबिन सहयोग भएको छ ।

laxmi

सो डस्टबिन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरिएको हो । त्यस्तै, स्याङ्जाको वालिङ शाखाको समन्वयमा वालिङ्ग बहुमुखी क्याम्पसलाई बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL