Logo

कुमारी बैंकद्वारा १० गुणासम्मको प्रतिफल दिने मुद्दती योजनाको घोषणा

कुमारी बैंकद्वारा १० गुणासम्मको प्रतिफल दिने मुद्दती योजनाको घोषणा



काठमाडौं । कुमारी बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाको घोषणा गरेको छ । सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्थाहरू समावेश हुन सक्ने छन् । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थातर्फ लक्षित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

laxmi

सो निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरूले तोकिएको अवधि समाप्तिपछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल (नियमानुसार लाग्ने करकट्टी पश्चात्) प्राप्त गर्न सक्ने छन् ।

व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् ।

यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ्ग प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्ने हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधको स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL