Logo

काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार, शाखा संख्या १७७ पुग्यो

काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार, शाखा संख्या १७७ पुग्यो



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५औं, १७६औं तथा १७७औं शाखा काठमाडौंको ठूलो भरयाङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । १५ बर्ष देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुरयाँउदैै आएको बैंकका यससंगै काठमाडौं उपत्यकाभित्र बैंकको ३२ वटा शाखाहरु संचालनमा रहेका छन् ।

laxmi

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुरयाँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

साथै ग्राहकहरुको वित्तीय आवश्यकताहरु सरल र सहज तवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाण्डांैको नारायण गोपाल चोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्ला जिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ ।

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्दै आएको यस बैंकले प्रमुख वित्तीय सूचकहरू नियामक निकायले तोकेको सिमाभित्र कायम गरेको छ । रु १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरि रु १ खर्ब ३४ अर्ब कर्जा प्रबाह गरि करिब १४ लाख ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका सँगै अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सिमा भित्रै कायम गरेको छ ।

साथै आधुनिक बैंकिंङ्ग प्रणालिलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले यस अघि नै कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७७ वटा शाखा, १२९ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL