GBIME

‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक, यस्तो छ योजना


बिजखबर संवाददाता
30 June, 2022 11:01 am

nic asia naya yojana

काठमाडौं । एनआईसी एशिया बैंकले असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने नवीनतम योजना सार्वजनिक गरेको छ । ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ नाम दिइएको योजना व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक लक्षित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

NLIC
Lamxi_bank

यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने पनि बैंकले जनाएको छ ।

यसअघि बैंकको ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहक महानुभावहरुको अत्यन्त उत्साहजनक सहभागिता रहि आएको छ ।  
 

योजना तालिका

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL