GBIME

सिटिजन्स बैंक र होटल हिमालयन भिल्लाबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा ५०% सम्म छुट


बिजखबर संवाददाता
29 June, 2022 6:12 pm

सिटिजन्स बैंक र होटल हिमालयन भिल्लाबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा ५० सम्म छुट

काठमाडौं । हसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटल हिमालयन भिल्ला प्रालिबी सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई होटलका सेवामा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

NLIC
Lamxi_bank

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरुमा ५०% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL