Logo

एनबी बैंकलाई नबिलमा गाभ्न राष्ट्र बैंकको अन्तिम स्वीकृति, कहिलेसम्म होला एकिकृत कारोबार ?

एनबी बैंकलाई नबिलमा गाभ्न राष्ट्र बैंकको अन्तिम स्वीकृति, कहिलेसम्म होला एकिकृत कारोबार ?



काठमाडौं । नेपाल बंगलादेश बैंकलाई नबिल बैंकमा गाभ्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले बंगलादेश बैंकलाई नबिलमा विलिन हुन अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

असार मसान्त भित्रै एकीकृत कारोबार सुरु गर्ने गरी काम अघि बढाउने तयारीमा रहेको दुबै बैंक राष्ट्र बैंकको पत्रको पर्खाइमा छन् ।

नबिल बैंकले बंगलादेश बैंकलाई प्रतिकित्ता ४३ रुपैंयाको दरमा अर्थात १०० बराबर ४३ को अनुपातमा गाभ्न लागेको हो । अब बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले नबिलको ४३ कित्ता सेयर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL