GBIME

सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइसबीच डिजिटल भुक्तानी सम्झौता


बिजखबर संवाददाता
22 June, 2022 9:11 am

century bank-smart choice

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

NLIC
LAXMI

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्रबाहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सेन्चुरी पे प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL