Logo

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता, क्यूआर भुक्तानी सहज

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता, क्यूआर भुक्तानी सहज



काठमाडौं । डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउने हेतुले एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रालि सँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने छ ।

laxmi

यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् र नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ । भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा संचालित एभरेष्ट बैंकका हाल लाखौं ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL