Logo

बैंक अफ काठमाण्डू र हसट्याग फुड तथा बार प्रालिबीच सम्झौता, बैंकका ग्राहकलाई १०% छुट

बैंक अफ काठमाण्डू र हसट्याग फुड तथा बार प्रालिबीच सम्झौता, बैंकका ग्राहकलाई १०% छुट



काठमाडौं । बैंक अफ काठमाण्डू र हसट्याग फुड तथा बार प्रालिबीच बैंकको बैंकका ग्राहकलाई छुट योजनाबारे सहमति भएको छ । डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने दुई संस्थाबीच सम्झौता भएको हो ।

laxmi

सम्झौता पश्चात् ग्राहकहरुले हसट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १०% सम्मको छुट पाउनेछन् ।

उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी अनिवार्य गरिएको छ । हसट्याग फुड तथा बारले एयरपोट रोड, विराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको जनाएको छ ।

हालसम्म यो बैंकले ९८ शाखा कार्याल, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL