Logo

बैंक अफ काठमाण्डू र ह्यासट्याग फुड तथा बारबीच सम्झौता, बैंकका ग्राहकलाई बारमा १० प्रतिशतसम्म छुट

बैंक अफ काठमाण्डू र ह्यासट्याग फुड तथा बारबीच सम्झौता, बैंकका ग्राहकलाई बारमा १० प्रतिशतसम्म छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ह्यासट्याग फुड तथा बार प्रालिबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

laxmi

सम्झौता पश्चात् ग्राहकहरुले ह्यासट्याग फुड तथा बार, एयरपोटए रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १०% सम्मको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ह्यासट्याग फुड तथा बारले एयरपोट रोड, विराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL