Logo

बैंकको ब्याजदर अझै बढ्ने संकेत, कायम होला आर्थिक स्थायित्व ?

बैंकको ब्याजदर अझै बढ्ने संकेत, कायम होला आर्थिक स्थायित्व ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक ब्याजदर अझै बढाउने संकेत गरेको छ । शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै बैंकको ब्याजदर बढाउने संकेत गरेको हो ।

laxmi

समिक्षाको बुँदा नं ६३ मा राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने उल्लेख गरेको छ । यसको अर्थ आगामी दिन पनि राष्ट्र बैंकले ब्याजदर घटबढ गरिरहने छ । समिक्षामा यति नै बढ्ने वा घट्ने कुरा उल्लेख नगरिएपनि यसअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका भनाईले ब्याजदर बढ्ने पुष्टि गरिसकेको छ ।

उसो त केहिदिन अघि नेपाल उद्योग वाणिज्य महासंघको एक अन्तरक्रिया कार्यक्रममा ब्याजदर वृद्धि निक्षेपका लागि मात्रै नभई आयात नियन्त्रणका लागि पनि भएको बताएका थिए ।

अर्थात राष्ट्र बैंकले पछिल्लो समय बढिरहेको आयात र यसले निम्त्याएको वैदेशिक मुद्रा संचितिको संकुचनलाई कम गर्नका लागि अझै ब्याजदर वृद्धि गर्नेछ । जसको व्यवस्था मौद्रिक नीतिको समिक्षामै गरिएको छ । समिक्षामा आवशयक परेको खण्डमा ब्याजदर बढाउने र घटाउने काम जारी रहने उल्लेख छ । यसरी आर्थिक स्थायित्व कायम गर्नका लागि राष्ट्र बैंकले ब्याजदरलगायतका अन्य औजार पनि चलाउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL