Logo

सिटिजन्स बैंक र सुर्खेतको बज रेस्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकले रेष्टुरेन्टका सेवामा विशेष छुट पाउने

सिटिजन्स बैंक र सुर्खेतको बज रेस्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकले रेष्टुरेन्टका सेवामा विशेष छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र सुर्खेत स्थित बज़ रेस्टुरेन्टबीच सम्झौता भएको छ । बिहीबार बैंकका कार्डबाहक ग्राहकले रेस्टुरेन्टका सेवा सुविधाहरुमा १० प्रतिशत छुट पाउने गरि सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

laxmi

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै मोबाइल बैंकिङमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

यसका साथै सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने (कार्डलेस विथड्रल) सुविधा र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको बैंकले जानकारी दिएको छ ।
आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकतालाई सुरक्षित तवरले प्रदान गर्ने उदेश्यले बैंकले यस अघि नै कियोस्क सेवाको सुरुवात पनि गरिसकेको छ । कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ, चेक डिपोजिट गर्ने, एटिएम तथा बैंक शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासाहरु तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान गर्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरेको छ । ग्राहक सहायता केन्द्र बाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जज्ञिासा तथा समस्याहरुको समाधान शाखामा उपस्थति नभईकन फोन तथा ईमेल गरी प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकङि सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL