Logo

एभरेष्ट बैंकको ऋणपत्र निष्काशनका लागि लक्ष्मी क्यापिटल नियुक्त

एभरेष्ट बैंकको ऋणपत्र निष्काशनका लागि लक्ष्मी क्यापिटल नियुक्त



काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

laxmi

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको हो । बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत दरले ब्याज भुक्तानी त्रैमासिक रुपले ३÷३ महिनाको अवधिमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL