Logo

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सार्वजनिक, प्रतिबर्ष ब्याज १० प्रतिशतले बढ्ने

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सार्वजनिक, प्रतिबर्ष ब्याज १० प्रतिशतले बढ्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपयाँ बराबरको विकास ऋणपत्र सार्वजनिक गरेको छ । बैंकले बिहीबारदेखि विक्री गर्ने गरी विकास ऋणपत्र २०८१ ‘ङ’ सार्वजनिक गरेको हो । उक्त ऋणपत्रको परिपक्व अवधि २ वर्षको छ । उक्त ऋणापत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाईने राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

ऋणपत्र नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र अन्य संगठित संस्थाले खरिद गर्न पाउँछन् । यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन पाइन्छ । ६र६ महिनामा ब्याजदर भुक्तानी पाइन्छ । ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ । जेठ ५ मा बोलकबोल संकलन गरेर ६ गते ऋणपत्र निस्कासन गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL