Logo

एक सातामा बैंकको निक्षेप संकलनमा सुधार, कर्जा प्रवाह ४ अर्बले घट्यो

एक सातामा बैंकको निक्षेप संकलनमा सुधार, कर्जा प्रवाह ४ अर्बले घट्यो



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो साताको तुलनामा चौथो सातामा वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन ५ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वैशाख चौथो सातामा वाणिज्य बैंकहरुको कूल निक्षेप ४३ खर्ब ७३ अर्ब पुगेको छ । वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा ५ अर्ब बढेर ४३ खर्ब ७३ अर्ब पुगेको हो ।

laxmi

वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो साता केही सुधार देखिएको छ । वैशाख चौथो साता निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । तेस्रो साता ४१ खर्ब ९३ अर्ब कर्जा लगानी भएकोमा चौथो सातामा ४१ खर्ब ९७ अर्ब रुपैयाँ बराबर कर्जा लगानी भएको हो ।

गत साताको तुलनामा कर्जा लगानीमा ४ अर्बले कमी आएको छ । बैंकहरुले गत फागुन चौथो साता ४३ खर्ब ८९ अर्ब निक्षेप सङ्कलन र ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका थिए । सङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको सीडी रेसियो ९०.८१ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL