Logo

गभर्नर अधिकारीलाई सर्वोच्चको साथ, छानविन नगर्न सरकारलाई आदेश

गभर्नर अधिकारीलाई सर्वोच्चको साथ, छानविन नगर्न सरकारलाई आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । सरकारलाई गभर्नर अधिकारी माथि छनबिन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

laxmi

सर्वोच्च अदालतमा न्यायाधीशद्धय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार अन्तरिम आदेशलाई निरन्तरता दिँदै गभर्नर माथि छानविन नगर्न आदेश दिएको हो ।

यस अघि सरकारले कार्याक्षमतामाथि प्रश्न गर्दै गभर्नर अधिकारीलाई छानविन गर्न जाँचबुझ समिति गठन गरेको थियो । सोसँगै गभर्नर निलम्नमा परेका थिए । त्यससँगै सरकारले उपयुक्त आधार तथा प्रमाण विनै कार्यक्षमतामा प्रश्न उठाएको भन्दै गभर्नर अधिकारीले रिट दर्ता गराएका थिए । उक्त रिट माथि सुनवाई गर्दै यस अघि सर्वोच्चले बैशाख ७ गते अधिकारीको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

त्यसपश्चात अदालतले ४ दिनको सुनुवाईपछि शुक्रबार अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL