Logo

कामना सेवा विकासले संचालनमा ल्यायो नयाँ शाखारहित बैंकिङ सेवा, सर्वसाधारणलाई सहज

कामना सेवा विकासले संचालनमा ल्यायो नयाँ शाखारहित बैंकिङ सेवा, सर्वसाधारणलाई सहज



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो नवौं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको बैंकले बिहीबार एक कार्यक्रमका साथ सिराहाको लक्ष्मीपुर पतारी गापा ४ मा मोबाइल एपमार्फत संचालन गर्न सकिने शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

laxmi

लक्ष्मीपुर पतारी गापा वडा नंं ०४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

लक्ष्मीपुर पतारी गाउपालिकाका प्रमुखराम वलव साह, वडा नं ४ का वडाध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् ।

उक्त शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL