Logo

ज्योति विकास बैंकको दुई नयाँ शाखाको विस्तार, इलाम र कञ्चनबारीमा शाखाहरु सञ्चालन

ज्योति विकास बैंकको दुई नयाँ शाखाको विस्तार, इलाम र कञ्चनबारीमा शाखाहरु सञ्चालन



काठमाडौँ । ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको विस्तार गरेको छ । शाखाको बुधबार औपचारिक उद्घाटन गरिएको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यले नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो ।

laxmi

इलाम नगरपालिका–७ इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए ।

उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो। यसका साथै बैंकले चैत्र २३ गतेकै दिनबाट लमजुङ्ग बेसीशहर स्थित नयाँ शाखा पनि सञ्चालनमा ल्याएको छ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले इलाम र कञ्चनबारी शाखाका ग्राहकहरुको निमित्त शून्य मौज्दातमै, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक र मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL