Logo

मुक्तिनाथ विकास बैंक र दराजबीच ग्राहकलाई छुट दिने सम्झौता, १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने

मुक्तिनाथ विकास बैंक र दराजबीच ग्राहकलाई छुट दिने सम्झौता, १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रालिसँग एक कार्यक्रम बीच सम्झौता गरेको छ । बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको जनाएको छ ।

laxmi

सम्झौता अनुसार बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिषा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको भिषा डेविट कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ देखि सीमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु. १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सुचारु गर्नुपर्छ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न बैंकको नजिकको शाखामा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका डिजिटल बैंकिङ्ग इकाइ र बैंकास्योरेन्स प्रमुख राजेन्द्र पाण्डे, बजारीकरण प्रबद्र्धन तथा संस्थागत मामिला विभाग प्रमुख बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति थियो । दराज प्रालिका आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL