Logo

कामना सेवा विकास बैंकको १३५औ शाखा चितवनमा, चितवनमा बैंकको शाखा संख्या १० पुग्यो

कामना सेवा विकास बैंकको १३५औ शाखा चितवनमा, चितवनमा बैंकको शाखा संख्या १० पुग्यो



काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका वडा नं. २६ ज्योतिनगरमा १३५औशाखा कार्यालय स्थापना गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ । यो सँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ ।

laxmi

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

सामाजिक सञ्जाल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १३४ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ७ वटा शाखारहित बैंकिङ सेवातथा ७७ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL