Logo

बैंक अफ काठमाण्डू र होटल आदाम पोखराबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा बिशेष छुट

बैंक अफ काठमाण्डू र होटल आदाम पोखराबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा बिशेष छुट



काठमाडौं । बैंक अफ काठमाण्डू र होटल आदाम पोखराबीच सम्झौता भएको छ । आईतबार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुले होटलको सेवामा २० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता पश्चात् ग्राहकहरुले होटल आदाम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ प्रतिशत छुट पाउनेछन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल आदामले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL