Logo

कामना सेवा विकास बैंकको नयाँ शाखा धनगढीमा, शाखा संख्या १३४ पुग्यो

कामना सेवा विकास बैंकको नयाँ शाखा धनगढीमा, शाखा संख्या १३४ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १३४ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं ७ मोतीचोकमा चैत १३ गतेदेखि नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

laxmi

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

सामाजिक संजाल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १ सय ३३ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL