Logo

सनराइज बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, १ सय बढी लाभान्वित

सनराइज बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, १ सय बढी लाभान्वित



काठमाडौं । सनराइज बैंकले प्रदेश २ मा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि सप्ताहमा साथ जनाउदै बैंकले चैत्र ८, ९, १० गते राजविराज, लहान र गौरमा उक्त कार्यक्रम गरेको हो । ग्लोबल मनि सप्ताह मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइँदै आएको छ ।

laxmi

नेशनल बैंकिङ इन्स्टिच्युट (एनबआई) सँग सहकार्य गरी आयोजना गरिएको उक्त कार्यक्रममा एनबीआईको तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरु सहभागी भई साक्षरता प्रदान गरेका थिए ।

वित्तिय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी बनाउन गौरको कार्यक्रममा बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादवको पनि सहभागी रहेको थियो । उनले वित्तिय साक्षरताको महत्व, पैसाको प्रयोग र उपयोगिता बारे सहभागीहरुलाई साक्षर हुन आग्रह गरेका थिए ।

स्थानिय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुलाई डिजिटल कारोबारमा अभ्यस्त बनाई वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस भन्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको बैंकले जानकारी दिएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस् भन्ने उद्देश्यका साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL