Logo

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, निःशुल्क सेनेटरी प्याड वितरण

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, निःशुल्क सेनेटरी प्याड वितरण



काठमाडौं । कामना सेवा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पाइला नेपालको सहकार्यमा बैंकले उक्त कार्यक्रम गरेको हो ।

laxmi

नवलपरासी सुनवलस्थित सुनवल माध्यामिकका विद्यार्थी र कास्की पुरुन्चौरका महिला समूहलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको हो ।

त्यस्तै, महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, यौनसंग सम्बन्धित विषयहरुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

महिनावारीका प्याडको उचित प्रयोग जागरूकताको लागि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बैंकका कर्मचारी, पहिलो पाइला नेपालका प्रतिनिधिहरू लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL