Logo

सानिमा बैंकको नयाँ शाखा काभ्रेको तामाघाटमा, शाखा संख्या १२४ पुग्यो

सानिमा बैंकको नयाँ शाखा काभ्रेको तामाघाटमा, शाखा संख्या १२४ पुग्यो



काठमाडौं । सानिमा बैंक लिमिटेडल सोमबार काभ्रेको पाँचखाल, तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमका बीच गरेका हुन् ।

laxmi

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १०४ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL