Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, कैलाली उद्योग वाणिज्य संघलाई फर्निचर प्रदान

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, कैलाली उद्योग वाणिज्य संघलाई फर्निचर प्रदान



काठमाडौं । महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलाली उद्योग वाणिज्य संघलाई फर्निचर हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम अन्तर्गत फर्निचर एक कार्यक्रमकाबिच हस्तान्तरण गरेको हो ।

शाखाले टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको बैंकका शाखा इन्चार्ज जगुराम डगौराले जानकारी दिए । उक्त फर्निचर कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपाल चौधरीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै कैलारी गाउँपालिका अध्यक्षले बैंकले उत्कृष्ट वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पुर्याइरहेको भन्दै धन्यवाद दिएका थिए । कार्यक्रमा स्थानियबासी, स्थानिय जनप्रतिनिधी, कर्मचारी, उद्योगी, व्यापारीहरुको उल्लेख्य सहभागीता थियो । आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL