Logo

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विस्तार, १०८ औं शाखा रुकुम चौरजहारी बजारमा

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विस्तार, १०८ औं शाखा रुकुम चौरजहारी बजारमा



काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै चौरजहारी नगरपालिका वडा नं। २, रुकुम ९पश्चिम० मा शाखा संचालनमा ल्याएको छ ।

laxmi


बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले गरेका हुन् ।

चौरजहारी शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको जनाएको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL