Logo

सिटिजन्स बैंक र हंग्री फास्ट फूडबीच समझदारी, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

सिटिजन्स बैंक र हंग्री फास्ट फूडबीच समझदारी, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हंग्री फास्ट फुड निजगढ बीच सिटिजन्स बैंकको कार्डबाहकलाई १५ प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहकले हंग्री फास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुबिधा बैंकले प्रदान गर्दै आएको छ ।

बैंकले हलसालै मोबाइलबाट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको जनाएको छ । यो सुविधा मार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने छन् । यसबाहेक बैंकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्थासमेत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL